नयाँ सूचना
ग्यालरी
निःशुल्क अाँखा जाँच तथा माेतियाविन्दुकाे शल्यक्रिया शिविर श्री नव जनजागरण मा.वि.बागमती न.पा.८ गाजलीचाेकमा २०७६/१०/१८-२५ गते सम्म संचालन गरियाे जसमा ४१६ जनाकाे माेतियाविन्दु शल्यक्रिया गरियाे भने ३००० जनाले अाँखा जाँच गरेका छन।शल्यक्रिया भएकाहरुका लागि निःशुल्क चस्मा अाैषधि वितरण गरियाे ।जिल्लाका बागमती,बरहथवा,बसबरिया पालिकाहरुका ८ स्थानमा छनोट गरि गरिएकाे यश शिविरमा तिलगंगा अाँखा प्रतिष्ठान ,अानन्द संघ, बागमती नगरपालिकाकाे संयुुक्त अायाेजना गरिएकाे हाे।
सर्लाहीकाे बागमती नगरपालिका वडा न. ३ धरहरामा सामुदायिक स्वास्थ्य इकाईकाे समुद्घाटन गर्नुहुदै बागमती नगरपालिकाका मेयर भरत कुमार थापा । उक्त स्वास्थ्य इकाईबाट ३५ थरिका अाैषधी निशुल्क उपलब्द गराईने तथा प्राथमिक उपचारको समेत बेवस्था गरियकाे बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।
बागमती नगरपालिकाको नगर गौरवको आयोजना पार्क एंड रिसोर्ट निर्माण गर्नको लागि मेयर भरत कुमार थापा ज्युले आज नगर बिकास कोष संग दुइ पक्षीय सम्झौता गर्नु भएको छ। झन्डै २४ करोड रुपैया मा बन्न लागेको पार्क एंड रिसोर्टको लागि ५० प्रतिशत नगर बिकाश कोषले ऋण दिने भएको छ भने ५० प्रतिशत बागमती नगरपालिकाले आफ्नो विभिन्न श्रोत बाट रकम ब्यबस्थापन गरेको छ। नगर गौरबको आयोजना सफल बनाउन लगानी जुटाउन सफल हुनु भएकोमा दुरगामी, बिकास प्रेमी, जनताको मेयर श्री भरत कुमार थापा ज्यु तथा सम्पूर्ण नगर परिवारलाई हार्दिक बधाई तथा शुभकामना।
बागमती नगरपालिकाको भौतिक बिकाश गतिबिधि, शैक्षिक प्रगति, सामाजिक बिकास, स्वास्थ्य क्षेत्रमा गरिएका गतिबिधि र सर्वाङ्गिन बिकाश गर्न सफल नगर प्रमुख श्री भरत कुमार थापा ज्यु संग छिमेकी जिल्ला रौतहट को इसनाथ नगरपालिकाबाट आउनु भएको अतिथि माझ आफ्नो नगरले गरेका उपलब्धि र भावी योजना, नीति बारे प्रस्ट पार्नुहुदै नगर प्रमुख श्री भरत कुमार थापा ज्यु ,
विरुवा रोपणमा नगरको व्यापक सहभागिता !
साथै ,वडा नं. 3 को करीव 60 विगाहा खाली जग्गामा 9 हजारको संख्यामा फल विरुवा लगाइने , नगर बगैचा र वोटानिकल गार्डेन को यात्रा तर्फ !बागमती नगरपालिकाले करीव 60 विगाहा खाली जग्गामा माल्द र बम्वै जातको 4000 विरुवा लगाइ सकिएको छ !