नयाँ सूचना
ग्यालरी
बागमती नगरपालिकाकाे आयाेजनामा रिपुमर्दन गणकाे सहजिकरणमा मिति २०७६।०१।०८ गते देखी मिति२०७६।०१।१२ गते सम्मका लागि बागमती नगरपालिकाकाे १२ वटै वडाहरूबाट २,२ जना गरी जम्मा २४ जना प्रशिक्षार्थीहरूकाे ४ दिने विपद व्यवस्थापन (भुकम्प,बाढी पहिराे, आगलागि नियन्त्रण- सम्बंधि तालिम संचालन नेपाली सेनाका दक्ष प्रशिक्षकहरू द्वारा प्रशिक्षण भएकाे छ । विशेष धन्यवाद नेपाली सेना तथा रिपुमर्दन गण ।
मिति २०७५/१०/०८ देखि मिति २०७५।१०/१२ गते सम्म बागमती नगरपालिकामा त्रि बि शिक्षण अस्पतालको बरिष्ठ महिला यौन रोग बिशेषज्ञ डा. खेम कार्की द्वारा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
मेयर लाई गाडी किन्न छुट्याउनु भएको पैसाले जनतालाइ खाने पानी ट्यांकी खरिद गरि जनताको हितमा सधै लागि परिरहनु हुने मेयर श्री भरत कुमार थापा ज्यु लाई हार्दिक बधाइ तथा शुभकामना , चुरे क्षेत्रमा रहेको पिउने पानीको समस्या बाट जनता लाई केही राहत को महशुस !
चौथौ संबिधान दिवस कार्यक्रममा दिप प्रज्वलन गरि संविधानको उपलब्धि तथा नगरपालिकाले गरेका बिशेष उल्लेखनिय कार्यको जानकारी गराउदै मेयर श्री भरत कुमार थापा ज्यु !
बागमती नगरपालिकाद्वारा नव दम्पतिलाई शुभकामना कार्ड प्रदान गरिने भएको छ |
बागमती नगरपालिकाले प्रत्येक गर्भवती महिलालाई स्वास्थ्य संदेश मुलक शुभकामना कार्ड वितरण गरिने भएको छ |
यस नगरपालिकाले विपन्न नागरिक दीर्घ रोगीहरुलाई औषधीमा ५० % अनुदान उपलब्ध गराउने भएको छ |
आज मिति २०७५/०४/०६ गते का दिन कृटिभ युथ क्लुब बागमती संयोजक सन्तोस गदाल तथा बागमती नगरपालिका शिक्षा शाखा को प्रमुख श्री ओम कार्की ज्यु को पहल मा उदाउदो युवा ब्यबसायि ,समाज सेवि उत्तम खड्का ज्यु ले ५० थान टाइ, बेल्ट श्री काली भैरबी प्राबी बानपा १ लाई सहयोग गर्नु भएको छ !