नयाँ सूचना
बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।
बागमति नगरपालीका द्ववारा पहरि समुदाय को नबनिर्मीत तेर घर अाज विशेष कार्यक्रम का बिच नेपाल सरकारका उपपर्दान तथा गिर्हमन्त्रि माननीय नारायन काजी श्रेष्ट बाट उद्घाटन सहित घरको साचो हस्तान्त्रण, मिति २०८०/१/१६ गते बागमती नगर पालिका वडा नं ११ हरिहर क्षेत्र स्थित मेयर भरत कुमार थापाज्युले नमुना पहरी बस्ति तयार गरि पार्टी का बरिस्ठ उपाध्यक्ष र नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ द्वरा १३ घर पहरी समुदाय लाई चाबी हस्तान्तरण कार्यक्रम।सर्लाहि जिल्लाका प्रथम सहिद स्व.क.ईन्द्र कोईरालाको परिवारलाई अावास हस्तान्तरण गर्नुहुदै नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्रि क.नारायण काजि श्रेष्ठ ,प्रदेस सभासद् जबाहार लाल कुशवाह साथै देश तथा बिदेसकै चर्चित मानव निर्मित १२१बिगाहामा बनेको भरत ताल अबलोकन गर्नुहुदै।
सर्लाहीको बागमती नगरपालिकामा अति पिछडिएको तथा सीमान्तकृत "पहरी समुदाय" लाई घर निर्माण गरी वस्ती हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उपस्थित उप प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठलाई शिक्षाका माध्यमबाट कसरी उनीहरुको आर्थिक विकास र समृद्धिमा सुधार ल्याउन सकिन्छ भनेर यसरी सुझाव दिइयो:
बागमती नगरपालिकाले सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि निकै ठुलो कसरत गरेको छ I विपन्न तथा सिमान्तकृत वर्गका अभिभावकको आर्थिक स्थिति कमजोर रहुन्जेल त्यस परिवारका बालबालिकाको सिकाइ पनि प्रभावित रहने भएकाले ती समुदायको आर्थिक विकासको पाटोमा पनि संगै काम गर्न सुरुवात गरेको छ I प्रथम चरणमा १३ घर परिवारका लागि नमुना बस्ती बनाएर घर हस्तान्तरण गरेको यस नगरपालिकाले दोस्रो चरणमा भने उक्त समुदायको पुर्ख्यौली तथा परम्परागत सीपको पहिचान गरी त्यसलाई प्रवर्धन गर्ने, सो परिवारका बालबालिकालाई उक्त सीप सिकाउने, एक विद्यार्थी एक सीप तथा एक विद्यार्थी एक उत्पादन कार्यक्रम लागू गर्ने लगायतका परियोजना सुरु गरेको छ !
कार्यक्रममा मधेश प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखको पनि उपस्थिति रहेको कारण उहाँहरुले पनि बागमतीले सुरुवात गरेको कामको अनुसरण गरेर सामुदायिक विद्यालयको सुधार र विकासका लागि अविलम्ब पहल सुरु गर्न अनुरोध छ !
सर्लाही, २० वैशाख । सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।
उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका लोपोन्मुख पहरी जातिलाई नगरपालिकाको सो खर्चमा नमुना पहरी बस्ती निर्माण गरी हस्तान्तरण गरिएको हो । नमुना बस्तीमा खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै संविधानले तोकेको न्यूनमत मौलिक र नैसर्गिक अधिकारभित्रका आधारभूत आवश्यकता पूरा गरी नमुनाबस्ती निर्माण गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए ।
उनका अनुसार लोपोन्मुख सो जातिको संरक्षणका लागि नगरपालिका गम्भीर भएको र नगरपालिकाको लगानीमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको हो । बागमती नगरपालिका–४, ११ र १२ मा गरी करिब सात हजार तीन सय घरधुरी भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोख्रेलले जानकारी दिए ।
भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिएको स्थानमा आधारभूत आवश्यकता पूरा गरिएको बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीपकुमार आचार्यले जानकारी दिए। उनका अनुसार नगरका विभिन्न तीन वडामा बसोबास गरिरहेका भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको लगत सङ्कलनको काम सकिएको र नापी कार्यालय तथा वन कार्यालयसँग समन्वय गरेर चाँडै उनीहरुलाई लालपुर्जा उपलब्ध गराउने तयारी गरिएको छ ।