नयाँ सूचना
नि:शुल्क ट्राईसाईक्ल तथा व्हील चियर बितरण कार्यक्रम
आज मिति २०७६ /२/२६/ गतेका दिन बागमती नगरपालिकाको आयोजनामा रास्ट्रीय अपांग पुनस्थापन समाज अनामनगर काठमान्डौ को सहयोगमा नगर प्रमुख श्री भरत कुमार थापा ज्युको अध्यक्षतामा निशुल्क ट्राइसाइकल तथा व्हिल चिएर १७ जना अत्ति बिपन्न अपाङ्गता भएको ब्यक्तिहरुलाई वितरण गरियो / कार्यक्राममा प्रमुख अतिथि पुर्व माननीय तथा नेकपाकि केन्द्रीय सदस्य कमला देबी महतो, बिशिस्ट अतिथिहरु पुर्व संबिधान सभा सदस्य श्री हरि प्रसाद उप्रेती , नेकपाका पोलिटब्युरो सदस्य श्री डाचाराज वाग्ले , प्रदेश सभा सदस्य श्री डिल्ली प्रसाद उप्रेती , नेकपाका नेता कमल बुढाथोकी, श्री नागेश्वर राय आदि हुनुहुन्थ्यो कार्यक्रमको समन्वय तथा सहजी करण बागमती नगरपालिकाकी उप मेयर श्री लिला कुमारी मोक्तान ज्युले गर्नु भएको थियो भने कार्यक्रम संचालक कार्यपालिका सदस्य श्री सन्त बहादुर विश्वकर्माले गर्नु भएको थियो /